२०८३ वैशाख ४ , शुक्रबार

ताँजाकोटले राष्ट्रिपति रनिङ शिल्ड आयोजना गर्दै



सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने भएको छ। सामुदायिक विद्यालयका प्रधानाध्यापक र गाउँपालिकाबीच बसेको बैठकले उक्त प्रतियोगिता गर्ने निर्णय गरेको हो। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बसेको बैठकले गाउँपालिकास्तरीय उक्त प्रतियोगिता वैशाख २ गतेबाट गर्ने निर्णय गरेको हो। यसका लागि पालिकाका चार वटा माविबीच प्रतिस्पर्धा हुनेछ भने १३ वटा खेलका विधामा छात्रा तथा छात्रहरूको छुट्टाछुुट्टै प्रतियोगिता हुनेछ। प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन्।

त्यसैगरी बैठकले कक्षा ५ र ८ को वार्षिक परीक्षा सञ्चालन समितिमार्फत गर्ने भएको छ। यता, चैत १७ गतेबाट हुन गइरहेको एसईईलाई मर्यादित सञ्चालन गर्ने, आधारभूत तथा कक्षा १ देखि ३ को परीक्षा निरन्तर मूल्यांकन प्रणालीबाट चैत ५ गतेदेखि सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ। गापास्तरीय र विद्यालय आफैँले सञ्चालन गर्ने परीक्षाको नतिजा विश्लेषण अभिभावक विद्यार्थी र शिक्षकको संयुक्त अन्तरक्रिया विद्यालयगत रुपमा गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति : २०७९ चैत २ गते बिहीबार