२०८३ असार ९ , मंगलबार

वीरेन्द्रनगरमा एक युवतीले गरिन् आत्महत्या



सुर्खेत । वीरेन्द्रनगरमा एक जना युवतीले आत्महत्या गरेकी छन् । आईतवार साँझ साढे ६ बजेको समयमा अछामको तुर्माखाद गाउँपालिका ४ घर भई हाल वीरेन्द्रनगर नगरपालिका तातापानीमा बस्दै आएकी १६ वर्षीय विमला विकले आत्महत्या गरेकी हुन् ।

उनले प्रेम सम्बन्धमा केहि खटबढ भएकाले आमाहत्या गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतवाट प्रहरीको टोली खटिएर अनुसन्धान गरिरहेको सुर्खेतका सूचना अधिकारी लक्ष्मण शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार