होटल भ्याली भ्यूमा लुटपाटको प्रयास

संचालक शाही घाईते

खबर दृष्टि २२ मंसिर २०७७, सोमबार २०:११

सुर्खेत २२ मंसिर

सुर्खेतको मुख्य वजारमा रहेको होटल भ्याली भ्यूमा अहिले साँझ ५ः३० वजेको समयमा लुटपाटको प्रयास भएको छ।
५ जनाको समूहमा आएका लुटेरा समूहले होटेलको काउण्टर कव्जा गर्न खोजेका थिए। तर होटेलका केही स्टाफहरुले उनीहरूलाई रोक्न खोजेपछि केहीवेर भीडन्तको स्थिति पैदा भएको थियो। उनीहरूलाई काउण्टर प्रवेश गर्न रोक्न खोज्दा होटल संचालक तर्कवहादुर शाही घाइते भएका छन् । उनको हातमा र छात्तीमा चोट लागेको छ। होटल संचालक शाहीले लुटेराहरुले काउण्टरमा गरेको हमलावाट होटल सुरक्षामा चुनौती थपिएको वताए ।
घटनामा होटलमा लेखा हेर्ने एक कर्मचारी पनि घाइते भएका छन् । नगद काउण्टर लुट्न नसकेपछि लुटेरा समूहले होटलको काउण्टरमा रहेको फ्याक्स मेसिन, क्याल्कुलेटर आदि तोडफोड गरेका छन् ।
५ जना मध्ये २ जना भागेका र वाँकी ३ जनालाई होटलको मूल सटर वन्द गरेर प्रहरीको जिम्मा लगाईएको छ । होटेलवाट नगर प्रहरीको कार्यालय करिव ३ सय मिटर जत्तिको दुरीमा छ।
होटल लुट्न भएको घटना प्रती होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरखवहादुर रावतले चिन्ता व्यक्त गरेका छन् । उनले व्यवसायीहरुको सुरक्षामा ध्यान दिन सरकार समक्ष माग गरेका छन् । साथै घटनाको छानबिन गरि दोषी उपर कडा कार्वाही गर्न माग गरेका छन् ।
यसवारेमा प्रतिकृया लिदा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र भट्टले ३ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसंधान भैरहेको जानकारी दिए। उनले भने, ‘अहिले पक्राउ परेकाहरुलाई मेडिकल जाँचका लागि अस्पताल लगिएको छ। दोषी पाईए कडा कार्वाही गरिनेछ।’

Next Post

ढाँकाटोपी सुर्खेतवाट २७ जिल्लामा विक्रीवितरण

२२ मंसिर २०७७, सोमबार २०:११
कल्पना हमाल सुर्खेत २७, मंसिर गरे के हुदैन र ! निरन्तरको मेहनतले नै मानिसलाई सफलताको शिखरमा पु¥याउन सक्छ । एकपटकको असफलतावाट हार खादा मानिसको जीवन सार्थक नवन्न सक्छ । लगनशीलता र धैर्यतावाटै सफलताको कहानी रचना गर्न सकिन्छ भन्ने उदाहरणीय एक पात्र वनेका छन्, वीरेन्द्रनगर सुर्खेत निवासी ३९ वर्षिय पूर्णवहादुर कुँवर […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031