कर्णालीमा नेकपाको ओली टिम निक्कै वलियो

चर्चित महिला नेतृ मोहनमाया ढकाल केन्द्रीय राजनीतिमा

खबर दृष्टि
खबर दृष्टि ७ पुष २०७७, मंगलवार २०:३०

सुर्खेत ७ पौष

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा स्वास्थ राज्यमन्त्री नवराज रावत चयन भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज वालुवाटारमा वसेको वैठकले सुर्खेतका रावतलाई केन्द्रीय सदस्यमा चयन गरेको हो।
वैठकले कर्णाली प्रदेशवाट प्रदेश सभा सदस्य वनेका चर्चित युवा नेताहरु ठम्मरवहादुर विष्ट र धर्मराज रेग्मीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। कर्णाली प्रदेश सभाका वौद्दिक नेताका रुपमा चिनिएका विष्ट र रेग्मीको ओली टिम प्रवेशले कर्णाली प्रदेशको सत्ता समिकरण परिवर्तन हुने आँकलन गर्न थालिएको छ।

हुम्ला जिल्लावाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित छक्कवहादुर लामा समेत नेकपाको केन्द्रीय सदस्य वनेका छन् । जिल्लामा ‘वन मेन आर्मी’को उपाधी पाएका लामाको ओली टिम प्रवेशले हुम्ला जिल्लाका नेकपा निकट कार्यकर्ताहरु उत्साहित वनेका छन् । लामा र रेग्मीले आजै केन्द्रीय सदस्यको सपथ लिईसकेका छन् भने विष्ट सपथका लागि भोली काठमाडौं जाने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी पृष्ठभूमिका विष्ट, रेग्मी र लामाको केपी टिममा प्रवेशले प्रदेशको राजनीतिमा ठूलो हलचल ल्याएको छ। हुम्लावाट गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिदै प्रतिनिधि सभामा निर्वाचित भएका लामाको कारण हुम्ला जिल्लामा ओली टिम निकै शक्तिशाली वनेको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र लामा मिल्दा हुम्लामा जुनसुकै निर्वाचन जित्न समस्या नभएको प्रतिपक्षीहरु नै स्वीकार गर्दछन्।

पुराना वामपन्थी नेता वालाराम शर्मा, कानुनविद् कृष्णवहादुर हमाल, सुर्खेतको पूर्व जिल्ला विकास समिति सभापति वालकृष्ण विसी, चूडामणि शर्मा, चर्चित महिला नेतृहरु वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोनमाया ढकाल, सुमित्रा विसी, राजु गुईदेल समेत नेकपाको केन्द्रीय सदस्य वनेका छन् ।

Next Post

सुर्खेत एयरपोर्ट विस्तार प्रती स्थानीय आक्रोशित

७ पुष २०७७, मंगलवार २०:३०
पौष ९, सुर्खेत सुर्खेत विमानस्थललाई विस्तार गर्ने सरकारको योजनामा अवरोध हुने संभावना वढेर गएको छ । विमानस्थल विस्तार हुँदा प्रभावित हुँने स्थानीयहरुको भेलाले जमीन नदिने निर्णय गरेको हो । वीरेन्द्रनगर नगर पालिका वडा नं १२ मा रहेको अमर ज्योति नमुना माध्यामिक बिध्यालयको आयोजना तथा सोही वडाका अध्यक्ष लोकप्रसाद चालिसेसहितका सबै […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031