२०८३ वैशाख २६ , शनिबार

लेकवेसीमा पूर्व माओवादी समूह मिसिएपछि ओली पक्ष निकै वलियो



सुर्खेत २५ पौष

सुर्खेतको लेकवेसीमा नेकपाको ओली पक्षीय कार्यकर्ता भेला सम्पन्न भएको छ । उक्त नगर पालिकाको वडा नं १ र २ को संयुक्त कार्यकर्ता भेलामा लेकफर्साका कम्युनिस्ट पार्टीका संस्थापक र पुराना नेताहरुको उपस्थिति रहेको थियो ।
शनिवार भएको कार्यक्रममा गत स्थानीय निर्वाचनमा पूर्व माओवादीको तर्फबाट मेयर पदमा पराजित भएका नेकपाका केन्द्रीय सदस्य खड्गवहादुर घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यकर्ता भेलाको अध्यक्षता रधुनाथ खरालले गरेका थिए ।
भेलालाई संवोधन गर्दै प्रमुख अतिथि घर्तीले केपी ओलीले लिएको देशभक्तिपूर्ण अडानवाट आत्तिएर विदेशीहरुको ईशारामा प्रचण्डर माधव समूहले सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याएको उनले वताए । आगामी वैशाख महिनामा हुने प्रतिनिधि सभाको निर्वाचनमा केपी ओली नेतृत्वको नेकपाले देशव्यापी विजय प्राप्त गर्ने ठोकुवा गरे ।
उक्त भेलालाई संवोधन गर्दै जिल्ला कमिटी सदस्य डण्डीप्रसाद शर्माले सुर्खेत जिल्लामा नेकपाको अर्को पक्षमा केही नेतामात्रै रहेको तर आफ्नो टिममा कार्यकर्ता र जनताको ठूलो समूह केपी ओली समूहमा रहेकोले आगामी निर्वाचनमा निश्चित विजय प्राप्त गर्ने दावी गरे । उनले जनताको अपार माया र समर्थन आफुहरुलाई रहेको वताए ।
उक्त भेलालाई सुर्खेत जिल्ला कमिटीका सदस्यहरु नरवहादुर थापा (पूर्व माओवादी), हेमप्रकाश भुषाल, देववहादुर राना र पूर्व भौतिक पूर्वाधार विकास मन्त्री खड्ग खत्री लगायतले संवोधन गरेका थिए ।
कार्यक्रमको संचालन गत स्थानीय तहको निर्वाचनमा पूर्व माओवादीको तर्फवाट वडा अध्यक्षको उम्मेदवार वनेका घनवहादुर ठाडाले गरेका थिए ।
लेकवेसीमा कम्युनिस्ट पार्टीको संस्थापक समेत रहेका हर्षवहादुर पुनले स्वागत मन्तव्य राखेका थिए । लेकवेसीका नगरपालिकाका प्रमुख मेयर गगनसिं सुनारको वडामै भएको कार्यक्रममा नेकपाका अधिकांश कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेकपा विभाजनको मोडमा पुगेपछि ओली पक्षमा नगर उप प्रमुख शान्तिकुमारी छन्तेल र १ वडा अध्यक्ष वाहेकका सम्पूर्ण लागेका छन् भने प्रचण्ड समूहमा नगर प्रमुख गगनसिं सुनार र १ वडा अध्यक्ष रहेको लेकवेसी नगर कमिटीका सचिवालय सदस्य सिताराम पौडेलले जानकारी दिए । उनका अनुसार अब हुने जुनसुकै निर्वाचनमा आफ्नो टिमले सहजै विजय प्राप्त गर्ने दावी गरे ।

प्रकाशित मिति : २०७७ पुस २५ गते शनिबार