२०८३ वैशाख २६ , शनिबार

प्रशान्तिको २२ औं साधारण सभा सम्पन्न



 

सुर्खेत २५ पौष
प्रशान्ति वृद्धाश्रम सुर्खेत को २५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले पुनः बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सर्वसम्मतरुपमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार भएको कार्यक्रममा उक्त संस्थाको उपाध्यक्षमा बिध्याभुषण मानन्धर, महिला उपाध्यक्षमा सितलसिं राठौर, सचिवमा चेतबहादुर अधिकारी, कोषाध्यक्षमा भद्र भन्डारी, सह सचिबमा बालकुमारी डांगीलाई चयन गरेको छ ।
संस्थाका नवनियुक्त सदस्यहरूमा तिलकराम अधिकारी, ईन्द्रबहादुर थापा,बालाराम पोख्रेल, बालकृष्ण पुरी, पुर्णदेब अधिकारी, टीकाकुमारी ढकाल (भण्डारी), महेश्वरी गिरी,शशि थापा बिष्ट रहेका छन् ।
साधारणसभाले गत आवको सांगीतिक तथा आर्थिक प्रगति प्रतिबेदनलाई अनुमोदन गरेको थियो। संस्था नयाँ नेतृत्व चयनका लागि एक निर्बाचन समिति समेत गठन गरिएको थियो ।
समितिको संयोजकमा ध्रुबकुमार श्रेष्ठ र सदस्यहरुमा कृष्णप्रसाद पौडेल र निर्मला रेग्मी रहेको उक्त संस्थाका नव निर्वाचित सदस्य तिलकराम अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ पुस २५ गते शनिबार