काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने आरोपितको नाबालिका हुन् भन्ने पुष्टि गर्ने कागजात जन्मदर्ता जन्मदर्ता अभिलेख वडा कार्यालयबाटै गायब भएको छ। प्रहरीले पीडितको नाम गोप्य राख्दै गौशाला २६ नाम दिएको पीडितको जन्मदर्ता रहेको नुवाकोटको वडा कार्यालयले उनको अभिलेख हराएको बताएको हो।
जिल्ला अदालत, काठमाडौंमा दोस्रो पटक पत्र पठाउँदै ‘कार्यालयमा जन्मदर्ता किताब अभिलेख नरहेको’ जवाफ लेखेको ती कार्यालयलहरुले बताएका छन्। घटना हुँदा पीडित बालिका १८ वर्ष मुनिको जन्म दर्ता थियो।
तर शैक्षिक प्रमाणपत्रमा भने उमेर १८ कटेको थियो। १८ मुनीकासँग सहमतिमै शारीरिक सम्पर्क राखे पनि कानुनले जबरजस्ती मान्छ। सोही कारणले पनि सन्दीपको मुद्दा संवेदनशील छ। सन्दीपका कानुन व्यवसायीले भने पीडितको उमेर १८ वर्ष पुगिसकेको र सहमतिमै सम्बन्ध भएको दाबी गर्न प्रयासरत छन्।
सोही कारण पीडितको जन्मदर्ता लुकाउन खोजिएको कतिपयको आशंका छ। यसअघि वडा कार्यालयले १८ जेठ २०६२ जन्म मिति उल्लेख गरेर सिफारिस पठाएको थियो।
५ भदौ २०७९ को बलात्कारको घटना हुनुभन्दा पहिले पीडितले नागरिकताको प्रमाणपत्र बनाएकी थिइन्। वडा कार्यालयले जिल्ला अदालतमा पीडितको जन्म मिति १८ असार २०६१ भन्ने विवरण पठाएको छ ।
दुई थरी जन्म मिति उल्लेख गरेपछि पीडितका कानुन व्यवसायीहरूले इजलासमा प्रश्न उठाएका थिए। बलात्कारको घटनापछि वडा कार्यालयले जन्म दर्ताको विवरण फेरेको भेटिएको कतिपयको आशंका छ। ५ भदौ २०७९ मा क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि बलात्कार गरेको भनी १६ भदौमा पीडितले जाहेरी दिएकी थिइन्। नेपाल भ्युज