प्रधानमन्त्री प्रचण्डविरूद्ध प्रदर्शन गर्ने ११ जना प्रहरीको नियन्त्रणमा

खबरदृष्टि सम्वाददाता २० जेष्ठ २०८०, शनिबार १८:१०

काठमाडौं । काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ चार दिने भारत भ्रमण सकेर काठमाडौं फर्किँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार अहिले ११ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूले प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड साँझ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन्। उनलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरिसकेकी छन्।

Next Post

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सुर्खेतमा अनेरास्ववियुको प्रदर्शन

२० जेष्ठ २०८०, शनिबार १८:१०
सुर्खेत । नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सुर्खेतले विरोध जनाएको छ । नागरिकता विधेयक खारेजीको माग गर्दै अनेरास्ववियु मध्यपश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पसको अगुवाइमा अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस र अनेरास्ववियु सुर्खेतले वीरेन्द्रनगरमा विरोध जनाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको हित विपरीतको नागरिकता विधेयक अघि […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031