ओली र देउवालाई संसदमा नदेखेपछि प्रचण्डले भने – मलाई नमिठो लाग्यो

खबरदृष्टि समाचारदाता २२ जेष्ठ २०८०, सोमबार १२:४०
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणबारेमा सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा जवाफ दिइरहेका छन्। आफूले चार दिने मैत्रीपूर्ण भ्रमण सकेर फर्किएको बताउँदै आफ्नो भ्रमण सफल भएको पनि बताए।

उनले आफ्नो भ्रमण आगामी दिनमा द्विपक्षी विषयलाई बलियो बनाउने गरी भएको पनि उनले बताए। उनले एमाले सचिव योगेश भट्टराईले बोलिसकेपछि संसद्मा सम्बोधन गरिरहँदा सत्ता गठबन्धनका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए।

यी दुवैजना नेतालाई संसद्मा नदेखेपछि प्रचण्डले आफूलाई नमिठो लागेको बताए। प्रधानमन्त्रीले जरुरी सार्वजनिक महत्वको विषयमा जवाफ दिँदा दुवै पक्षका नेता उपस्थित हुनुपर्नेमा संसदमा नदेखेको भन्दै उनले आफूलाई नमिठो लागेको बताएका हुन्।

Next Post

अनलाइनबाट यौन दुर्व्यवहार गरेको आरोपमा जुम्लाका एक जना पक्राउ

२२ जेष्ठ २०८०, सोमबार १२:४०
जुम्ला । प्रहरीले अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोले एक जनालाई भक्तपुरबाट आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका ९ रासा घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट मोड बस्ने २३ वर्षीय दिनेशकुमार राउत रहेका छन् । […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031