२०८३ वैशाख ४ , शुक्रबार

भेरीगंगामा प्रथम आमन्त्रीत खुल्ला आइटीएफ प्रतियोगिता हुँदै



सुर्खेत । सुर्खेतको भेरीगंगामा प्रथम आमन्त्रीत खुल्ला आइटीएफ प्रतियोगिता हुने भएको छ । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको मातहतमा रहेको सुर्खेत छिन्चु गंगामाला आइटीएफ तेक्वान्दो डोजाङ्गको आयोजनामा भेरीगंगा नगरपालिका १२ छिन्चुमा शुक्रवारबाट उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगितमा व्यक्तिगत रचाइरिङ्ग तर्फ २० देखि ६० केजी सम्म तौल समुह हुनेछ ।

प्रतियोगितामा १८ गाल्ल १८ सिल्फर र ३५ कोचन मेलडका लागि प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता खेलाडिहरुलाई मेडल तथा प्रमाणपत्रको पाउँनेछन । साथै प्रतियोगिताको वेष्ट प्रेयर मेल र वेष्ट प्लेयर फिमेलको लागि ट्रफीको व्यवस्था गरिएको छ ।प्रतियोगितामा करिब ४९ लाख तीन हजार लाग्ने अनुमान आयोजकले गरेको छ ।

उक्त प्रतियोगिता सुरु हुनुभन्दा पहिले खेलाडिहरुले छिन्चु बजार प्ररिक्रमा गर्ने लगायत विभिन्न संस्कृतिक कार्यक्रमको समेत व्यवस्था गरिएको छ । प्रतियोगितामा कर्णाली, सुदुरपश्चिम र लुम्बीनी प्रदेशका गरी करिब १ सय ५० जना खेलाडिहरु सहभागी हुने विश्वास आयोजकले लिएको छ । प्रतियोगिता जेठ २६ र २७ गते शारदा मावि छिन्चुमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेठ २५ गते बिहीबार