२०८३ वैशाख २७ , आइतबार

हुम्लामा जिप दुर्घटना हुँदा एक जना घाइते



हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका वडा नं २ स्थित च्याछरा सडकमा बोलेरो जिप दुर्घटना भएको छ । सोमबार बिहान करिब ७ बजे सिमकोटबाट हिँडेको कर्णाली प्रदेश ३-०१-०२२च ५१२६ नम्बरको जिप दुर्घटना भएको हो । जिप करिब २ सय मिटर तल कर्णाली नदीमा खसेको छ ।

उक्त सडक जोखिमपू‍र्ण रहेका कारण यात्रु झारेर गएकाले मानवीय क्षति भएको छैन । चालक राजेश लामा घाइते भएका छन् । धनुषा घर भइका लामालाई उपचारका लागि सिमकोट ल्याइएको छ । गाडी भने सिमकोट गाउँपालिका वडा १ का नरबहादुर लामाको हो ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमबार