२०८३ वैशाख २ , बुधबार

तरुणदलका अध्यक्ष नेकपा प्रवेश



माघ १०, सल्यान
पार्टी फुटको अवस्थामा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नेहरूको संख्या वढ्दै गएको देखिन्छ ।

यसैक्रममा, नेपाली कांग्रेसको भातृसंगठन तरुण दल बन्गाड कुपिण्डे नगर समिति अध्यक्ष विजय वस्नेत नेकपाको ओली समुहमा प्रवेश गरेका छ्न ।

नव प्रवेशी वस्नेतलाई नेकपाका केन्द्रीय सदस्य गोविन्दकुमार पुनले खादा ओढाएर पार्टीमा प्रवेश गराएका थिए । कार्यक्रममा राप्रपा जिल्ला कमिटी सदस्य छोटेलाल वुढा, नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता छलि थापा समेत नेकपामा प्रवेश गरेका छन् ।
उक्त अवसरमा केन्द्रीय सदस्य पुनले कम्युनिष्ट विचार संसारकै उत्कृष्ट विचार भएकोले यसमा प्रतिबद्ध भएर अघि वढे देशले काँचुली फेर्ने वताए ।

यसैबिच, ओली निकट नेकपा बनगाड कुपिण्डे नगर स्तरीय वैठक शनिबार सम्पन्न भएको छ । उक्त पार्टीका नगर कमिटीका सचिव गुञ्जमान वुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता गोविन्दकुमार पुन, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर अध्यक्ष नारद घर्ती, नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, कर्णाली प्रदेश परिषद सल्लाहकार सदस्य प्रतिमल वुढा, पुर्व जिल्ला कमिटी सदस्य टेकराज शर्मा, इन्द्र भाट, विवेक पुन, प्रेमवहादुर वुढा लगायतले संवोधन गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिबार