२०८३ वैशाख २ , बुधबार

गुर्भाकोटमा सशस्त्र प्रहरी तालिम शिक्षालयको भवन हस्तान्तरण



माघ ११, सुर्खेत
सशस्त्र प्रहरी वल तालिम शिक्षालय कर्णाली प्रदेशको भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पालमा वसिरहेका सशस्त्र प्रहरीहरुका लागि पूर्वाधारहरु नवन्दासम्मका लागि गुर्वाकोट नगरपालिकाले अस्थायी आवासको व्यवस्था गरिदिएको छ ।

आईतवार सुर्खेतको गुर्वाकोट नगरपालिका वडा नं १० लौरे दमारमा भएको भवन हस्तान्तरण कार्यक्रममा गुर्वाकोट नगरपालिकाका प्रमुख हस्तवहादुर पुनले सशस्त्र प्रहरीको तालिम शिक्षालय गुर्वाकोट नगरपालिकामा स्थापना हुदा आफुलाई खुसी लागेको वताए । उनले तालिम शिक्षालयलाई भविष्यमा आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफु तैयार भएको वताए ।

गुर्वाकोट नगरपालिकाको आर्थिक सहयोग रु १८ लाख ५० हजारले निर्माण गरिएको तालिम शिक्षालयको भवन निर्माणवाट पालमा वसेका सशस्त्र प्रहरीहरु भवनको छानामुनि आएका छन् । नगर पालिकाको सहयोगवाट शिक्षालयको एक हल कोठा, संचार कोठा, कोत र ईन्चार्ज वस्ने एउटा कोठा निर्माण भएको छ। तालिम शिक्षालयका लागि डिपीआरको काम र वातावरणीय प्रभाव मूल्यांकनको काम एकसाथ सुरु हुन लागेको छ ।

उक्त भवन हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, गुर्वाकोट नगरपालिकाका उपमेयर मैना विक, महेश्वरी वाहिनीका वाहिनीपति डिआईजी अभि खत्री, रक्तकाली गणका गणपति दिग्विजय सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतबार