२०८३ वैशाख ३ , बिहीबार

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन



काठमाडौं ११ माघ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई निर्वाचन आयोगले रोकिदिएको छ । आयोगले दुवै पक्षको मागदावीलाई अस्वीकार गर्दै विभाजनलाई मान्यता नदिने निर्णय गरेको हो ।

आज बसेको आयोगको बैठकले सो निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संशोधन, परिवर्तन वा हेरफेर हुनसक्ने देखिएन । आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ ।’

आयोगको निर्णयपछि अब दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा महासचिव विष्णु पौडेल नेकपाको कागजी नेतृत्वमा कायम रहने छन् ।

ओली नेतृत्वको नेकपाले प्रचण्डलाई अध्यक्षबाट हटाएको छैन भने प्रचण्ड–माधव पक्षले ओलीलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय आजै गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतबार