बुधबारदेखि कर्णालीमा मन्त्रालयगत बजेटबारे छलफल, यस्तो छ कार्यतालिका

खबरदृष्टि सम्वाददाता १२ असार २०८०, मंगलवार १७:१२

सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रमको मन्त्रालयगत विनियोजन बजेटमाथीको छलफलका लागि कार्यसुची सार्वजनिक गरिएको छ ।

मंगलबारको प्रदेश सभा बैठकमा सभामुख नन्दा गुरुङ्गले कार्यसुची पेश गरेकी हुन् । कार्यसूची अनुसा असार १३ र १४ गते भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथी छलफल हुनेछ ।

असार १५ र १६ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको छलफल हुनेछ । असार १७ र १८ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको छलफल हुनेछ ।

यस्तै, असार १९ र २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश योजना आयोग, लोकसेवा आयोग र मुख्य न्यायाधीवक्ताको कार्यालयका लागि विनियोजित बजेटबारे छलफल हुने छ । सम्बन्धित मन्त्रालयको छलफलमा उठेका कुराहरुमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचीमा समावेश गरिएको छ ।

Next Post

बिहे गरेको एक वर्षमै सिम्ताकी एक युवतीको भेरीगंगामा रहस्यमय मृत्यु

१२ असार २०८०, मंगलवार १७:१२
सुर्खेत । भेरीगंगामा आइतबार झुन्डिएको अवस्थामा फेला परेकी महिलाको रहस्यमय मृत्यु भएको बुझिएको छ । आइतबार बिहान साढे ८ बजेको समयमा भेरीगंगा नगरपालिका १० बस्ने वर्ष २० कि सन्तोषी लम्साल काेठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनी  मृत फेला परेपछि घरबेटीले माइती तथा प्रहरीलाई खबर गरेका थिए । […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031