सर्वोच्चद्धारा सभापति लामिछानेविरुद्धको रिट खारेज

खबरदृष्टि सम्वाददाता १३ असार २०८०, बुधबार १७:२६

काठमाडौँ । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर भएको रिट खारेज गरेको छ । संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज सफलले दायर गरेको रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल छन् ।

निर्वाचन आयोग कान्तिपथविरुद्ध भनिएको उक्त रिटमा लामिछानेले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको भन्दै उनी सांसद पदका लागि अयोग्य रहेको दाबी गरिएको थियो ।

महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि सफलले गत १० जेठमा लामिछानेविरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए।

Next Post

कर्णाली प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित

१३ असार २०८०, बुधबार १७:२६
सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि कर्णाली प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ । एमालले आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले पेस गरेको बजेटमाथिको छलफलमा मुख्यमन्त्री र अर्थमन्त्रीले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाडेको आरोप लगाउँदै विरोध जनाएपछि बैठक स्थगित भएको हो । आज प्रदेशसभाको १६ औँ बैठकमा […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031