
डोल्पा ।हिमाली जिल्ला डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ। शनिबार जिल्ला सदरमुकाम दुनैमा डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो। राष्ट्रिय लक्ष्यअनुरुप जिल्लाका आठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसँगै जिल्लालाई पनि घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नवीर सुनारले जानकारी दिए।
कार्यक्रममा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रतिनिधि लक्ष्मीप्रसाद भट्टराईको उपस्थिति रहेको थियो । भट्टराईले पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक एवम् कार्यक्रमका सभाध्यक्ष श्यामबहादुर रोकायलाई हस्तान्तरण गरेका थिए ।
प्रकाशित मिति : २०८० असार १६ गते शनिबार