२०८३ वैशाख २ , बुधबार

चौकुनेमा अनेरास्ववियुको ईकाई कमिटी गठन



माघ १९, सुर्खेत
अनेरास्ववियु जिल्ला कमिटी सुर्खेतको निर्णय अनुसार देबीस्थान माध्यमिक विध्यालय चौकुनेको वडा नं १० कुमालामा अनेरास्ववियुको २५ सदस्यीय ईकाइ कमिटी गठन गरिएको छ ।

गठित ईकाइ कमिटीको अध्यक्षमा दिनेशबहादुर शाही, उपाध्यक्षमा उर्मिला खनाल, सचिबमा दिनेश बिक, सह सचिबमा बिमला बि क र कोषाध्यक्षमा रोशनीकुमारी शाही रहेका छन् ।

कार्यक्रमको प्रमुख आतिथ्यता अनेरास्ववियु सुर्खेतका कार्यालय सदस्य केशब साउदले गरेका थिए । उक्त कार्यक्रममा बिशेष अतिथि अनेरास्ववियुका जिल्ला कमिटी सदस्य तथा बिद्यापुर जनता बहुमुखी क्याम्पस इकाइ कमिटी सदस्य जीवन तिरुवा रहेका थिए ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमबार