सरकारी गाडीले ठक्कर दिदा वालक घाइते

खबर दृष्टि २० माघ २०७७, मंगलवार २२:३७

सुर्खेत २० माघ

सरकारी गाडीको ठक्करबाट सुर्खेतको भेरीगंगामा एक बालक गम्भीर घाईते भएका छन् । मंगलबार नेपालगंजबाट सुर्खेत आउँदै गरेको शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतको गाडीले भेरीगंगा नगरपालिका १० तालबारीमा पैदल यात्री ७ वर्षीय पवन पुनलाई ठक्कर दिएको थियो।

घाइते वालकको टाउकोमा चोट लागेका कारण बोल्न नसक्ने अवस्थामा पुगेको र उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा पु¥याइए पनि गम्भीर वन्दै गएपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीले बालकलाई ठक्कर दिने बा २ झ १९७३ नम्बरको सरकारी स्कारपियो गाडी र सवारी चालक वीरेन्द्रनगर नगरपालिका १२ एयरपोर्ट बस्ने ४४ वर्षीय कृष्णबहादुर रानामगरलाई नियन्त्रणमा लिएको छ ।

Next Post

पार्टी विभाजन ओलीको चाहना विपरीत : गुलावजंग शाह

२० माघ २०७७, मंगलवार २२:३७
माघ २०, सल्यान नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बनगाड कुपिन्डे नगरपालिकाको वडा नं ९ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त वडाको स्वारामा आइतुराम रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले पार्टी विभाजन केपी ओलीको चाहना […]

सम्बन्धित समाचार

January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031