२०८३ वैशाख २ , बुधबार

‘टियू टपर’ ढकाललाई मोडेलले गर्यो सम्मान

त्रिविका डिन भन्छन् : सुर्खेतीले आँट गरे त्रिविका सवै कार्यक्रम दिन्छौं


सुर्खेत २२ माघ

सुर्खेत मोडेल कलेजले त्रिभुवन विश्व विद्यालय अन्तर्गत व्यवस्थापन संकाय (विविएस) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी गणेश ढकाललाई वधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ। २०७५ सालको ४ वर्षे विविएस परिक्षामा उनले ‘टियू टप’ गरेका थिए।

विहीवार भएको सम्मान कार्यक्रमपछि प्रतिकृया दिदै ढकालले यो सफलतामा आफ्नो नाम जोडिएपनि सफलताको पुरै हकदार मोडेल कलेज भएको वताए । ‘आफुले गरेको मेहनतमा गुरुहरुको थप योगदानले यो नतिजा आएको हो,’ उनले भने। सुर्खेत शैक्षिक क्षेत्रमा उत्कृष्ट रहेको उनको वुझाई छ। त्रिभुवन विश्व विद्यालयका विशिष्ट व्यक्ति व्यवस्थापनका डिनवाट आफु सम्मानित हुन पाउँदा आफुलाई गर्वको अनुभुती भएको उनले खुलासा गरे। उनले निजामती क्षेत्रवाटै आफु अघि वढ्न चाहेकोले यसलाई रोजेको भन्दै यसैवाट देशको सेवा गर्ने चाहना रहेको उल्लेख गरे।

सम्मान कार्यक्रमका प्रमुख अतिथि एवम् त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले व्यवस्थापन संकायको विविएमा नेपाल टप गर्ने गणेश ढकाललाई वधाई तथा उनका वावु-आमालाई सम्मान व्यक्त गरे । उनले देशमा उच्च शिक्षा अध्ययन गर्नेमध्ये त्रिभुवन विश्व विद्यालयले करिब देशभरका २५५ विद्यार्थीहरुको भार थेगिरहेको दाबी गरे।

त्रिभुवन विश्व विद्यालयले देशभर रहेका सवै क्याम्पसहरुलाई समान नजरवाट हेर्ने गरेको उनले वताए । उनले मोडेल कलेजले पछिल्लो समय गरिरहेको प्रयासको प्रसंशा गर्दै कलेजले राम्रो नतिजा निकालिरहेकाले थप विषयहरु पढाउन अनुमति दिईएको जानकारी दिए।
‘राम्रोसँग व्यवस्थापन गरियो भने मोफसलका संस्थाहरुले पनि राम्रो उन्नति गर्छन भन्ने उदाहरण मोडेल भएको छ,’ उनले संस्थाले गरिरहेको उन्नतिहरुको चर्चा गर्दै भने। विद्यार्थीहरुले आफ्नो जीवनको लक्ष्य लिएर विषयहरुको छनौट गर्नुपर्ने उनको सुझाव थियो।

सुर्खेतले आँट गरे त्रिभुवन विश्वविद्यालयले संचालन गरेका सवै विषयहरु दिन आफुहरु तैयार भएको उनको भनाइ थियो।
त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरेले सुर्खेतको मोडेल कलेजले जुन गुणस्तर कायम राखेर शिक्षा दिइरहेको छ, त्यो अतुलनीय भएको वताए । उनले पुरस्कृत गणेश ढकालले मोडेललाइ मात्रै होईन, त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायलाई नै ठूलो गुण लगाएको उल्लेख गरे।

त्रिभुवन विश्वविध्यालयको अनुगमन निर्देशनालयका निर्देशक एवम् कार्यक्रमका विशेष अतिथि विष्णु खनालले सुर्खेतसंग आफ्नो सामिप्यता रहेको भन्दै मोडेल कलेज स्थापनामा आफ्नो समेत भूमिका भएको चर्चा गरे। उनले समग्र विश्वविध्यालयको नजरवाट हेर्दा गणेश ढकालले प्राप्त गरेको सफलता सानो देखिएता पनि मोडेल कलेजको नजरमा ठूलो उपलब्धि भएको वताए ।

शिक्षा क्याम्पस सुर्खेतका प्रमुख माधवप्रसाद खनालले मोडेल कलेजले नेपालमै प्रथम स्थान ल्याउन सफल भएकोको वधाई तथा शुभकामना दिए। उनले मोडेल कलेज कर्णालीमा मात्रै नभई देशमै मोडल वन्न सकोस भन्ने शुभकामना दिदै सरकारी भन्दा नीजि शिक्षण संस्थाहरु वलियो हुदै गएको प्रमाण मोडेलले दिएको वताए । व्यवस्थापन संकायमा मोडेल कलेज कर्णाली प्रदेशकै शैक्षिक हव वनेको उनको धारणा थियो।

कार्यक्रमका सभापति एवम् मोडेल क्याम्पसका प्रमुख गणेश आचार्यले विद्यार्थी गणेश ढकालले व्यवस्थापन संकायको विविएस तहमा नेपाल टप गरेकोमा वधाई दिए। उनले त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कलेजको सहज पहुँचको असहजताका कारण विद्यार्थीहरुले प्राप्त गरेको परिणामवारे आफुहरु लामोसमयसम्म अनविज्ञ रहने गरेको दुखेसो पोखे । उनले आफ्नो विद्यार्थी गणेश ढकालले ‘टियु टप’ गरे भन्ने १ वर्षपछि मात्रै आफुहरुले थाहा पाएको गुनासो गरे ।

सम्मान कार्यक्रममा वीरेन्द्रनगर वडा नं ८ का अध्यक्ष थम्मप्रसाद गौतम, मध्यपश्चिम विश्व विद्यालयका पूर्व डिन एवम् शिक्षाविद् पिताम्वर ढकाल, पुरस्कृत ढकालका वुवा आमा लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहीबार