
सुर्खेत २२ माघ
पदीय मर्यादा भुल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही नेपाल सरकारले गरेको निर्णय विरुद्ध सडकमा आएका छन् । केन्द्रीय सरकारले गरेको असंवैधानिक कदमले आफु सडकमा निस्किनु परेको वताईरहदा उनलाई त्यहि केन्द्रीय सरकारले खटाएको सुरक्षाकर्मीहरु नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भीडका विच पहरा दिईरहेका थिए।
मुख्यमन्त्रीको यो कदमको सामाजिक संजालमा व्यापक विरोध भएको पत्तै नपाएझै गरि उनको आधिकारिक फेसवुक पेजवाट आन्दोलनमा सहभागीता वारेमा जानकारी समेत दिईयो। स्टेटमेन्टमा भनिएको छ,’असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको सपथग्रहणका विरुद्ध आज २२ गते आव्हान गरिएको आमहडतालप्रति प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं माननीय मुख्यमन्त्रीज्यूले ऐक्यबद्धता व्यक्त गर्नुभएको छ ।’
आफु निकट पूर्व माओवादीका कार्यकर्ता विचमा वीरेन्द्रनगरको मंगलगढीमा ठूलै युद्ध जितेको हिसाबले प्रस्तुत भएका मुख्यमन्त्री शाहीको कार्यक्षमता माथि भने पटकपटक पश्न उठ्दै आएको छ। वजेटको सहि सदुपयोग नगरेको, कार्यकर्ताको काजक्रियामा सहभागी हुँदापनि सरकारी खर्चमा हेलिकप्टर प्रयोग गरेको जस्ता आरोपहरु लाग्दै आएका छन् ।
प्रायस्जसो घुमफिरमै रमाउने मुख्यमन्त्री शाहीले प्रदेशलाई विकासको सहि वाटोमा डोर्याउन सकेका छैनन् । चालू आवको ६ महिनामा कर्णाली प्रदेश सरकारको पूंजीगत खर्च ५.८७% मात्रै भएको छ। संसदले विनियोजन गरेको वजेट मनखुसी परिवर्तन गर्ने अनि आफुलाई मन परेका कार्यकर्ताको भरणपोषण हुनेगरी वजेट दिने गरेको कर्णाली प्रदेश सभा सदस्यहरू नै वताउँछन्।
मुख्यमन्त्री शाही सरकार विरुद्ध सडकमा आएको घटनालाई कर्णाली प्रदेश सभामा वौद्दिक छवि वनाएका प्रदेश सभा सदस्य ठम्मर विष्ट स्वभाविक ठान्छन् । मुख्यमन्त्री लाज मान्ने मानिस नभएको भन्दै उनको यो हर्कदले आफुलाई भने लाजको अनुभुती भएको उनी वताउछन। उनी भन्छन्, ‘के गर्नेलाई भन्दा के देख्नेलाई लाज भने जस्तै हो। मुख्यमन्त्री शाहीवाट यो भन्दा माथिल्लो स्तरको व्यवहारको कल्पना गर्न सकिन्न ।’
‘सडकमै आउन रहर लागे झण्डा र डण्डा त्यागेर आए भैहाल्थ्यो,’ उनले भने। मुख्यमन्त्रीको क्रियाकलापले समग्र कर्णाली कै बदनाम भैरहेको उनको प्रतिकृया थियो।
सांसद विष्टले मुख्यमन्त्री शाहीले समयमा वजेट खर्च जानि वुझिकनै नगर्ने गरेको समेत आरोप लगाए। ‘अहिले वजेट खर्च गर्दा रकमान्तर गर्न मिल्दैन, अन्तिम तिर रकमान्तर गरि अनियमित तवरले खर्च गर्ने उहाँको पुरानो वानी हो,’ विष्टले समयमा वजेट खर्च नहुने वारे प्रतिकृया दिदै भने।