
सुर्खेत २४ माघ
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का अध्यक्ष केपी शर्मा ओली सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने जन–प्रदर्शन र आमसभालाई संवोधन गर्न आगामी फाल्गुन १५ गते आउन लागेका छन् ।
नेकपाको कर्णाली प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीसंगै नेकपाका अन्य वरिष्ठ नेताहरु समेत आउने तय भएको छ।
देशका ठूला शहरहरुमा संवोधन गर्ने क्रममा प्रधानमन्त्री ओली सुर्खेत आउने तय भएको नेकपा कर्णाली प्रदेश सह–ईन्चार्ज यमलाल कडेलले वताए।
’जनसभा हुने स्थान र अन्य व्यवस्थापन वारे प्रदेश कमिटीको वैठक वसेर तय गरिनेछ,’ खवरदृ्ष्टिको प्रश्नमा नेता कडेलले भने।सुरक्षित र प्रधानमन्त्रीको संवोधन सवैले सुन्न सक्ने गरि स्थान छनौट चाडै गरिने उनले वताए ।
प्रकाशित मिति : २०७७ माघ २४ गते शनिबार