२०८३ वैशाख २७ , आइतबार

वीरेन्द्रनगरकाे सुब्बाकुना नजिकै एक जना मृत फेला



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना मृत अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-११ सुब्वाकुना नजिकै सोही ठाउँ बस्ने वर्ष ३२ का वालकृष्ण खत्री मंगलवार दिउँसो १२ः४० बजेको समयमा मृत अवस्थामा फेला परेका हुन् ।

खत्री मृत अवस्थामा फेला परेको ठाउँमा विषको बोत्तल समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक परशुराम चौधरीले खबरदृष्टिलाई जानकारी दिए ।

उनकाअनुसार खत्री साेमबार घरबाट निस्किएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २ गते मंगलबार