कक्षा १२ को नतिजा साउनको अन्तिम साता

खबरदृष्टि सम्वाददाता ३ श्रावण २०८०, बुधबार १९:१७

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो । त्यसका लागि अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ ।

सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । ‘उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । साउन अन्तिम साताभित्रमा नतिजा सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । सोही आधारमा हुन्छ’ अध्यक्ष शर्माले भने ।

उत्तर पुस्तिका परीक्षण हाल प्रभावित भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणको काम प्रभावित बनेको हो । आन्दोलनरत शिक्षकहरू परीक्षणका लागि नगएपछि उत्तरपुस्तिका परीक्षणको काम आंशिक रूपमा प्रभावित भइरहेको अध्यक्ष शर्माले बताए ।

Next Post

रुकुम पश्चिमका ५४ जना पत्रकारको दुर्घटना बीमा

३ श्रावण २०८०, बुधबार १९:१७
रुकुम पश्चिम । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले शाखामा आवद्ध साधारण सदस्यहरु तथा जिल्लामा क्रियाशील पत्रकारको दुर्घटना बीमा गरेको छ । समाचार संकलनका क्रममा विभिन्न जोखिमहरु मोलेर फिल्डमा खटिने भएकाले जिल्लाका ५४ जना पत्रकारको दुर्घटना बीमा गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्षमण केसीले जानकारी दिए । मुसिकोट नगरपालिकाको […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031