२०८३ वैशाख २ , बुधबार

सुर्खेतमा घन्कियो गणतन्त्र विरोधी नारा



माघ २४, सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा राजावादीहरुले प्रदर्शन गरेका छन् । उनीहरूले राजाको लागि नारायणहिटी दरवार खाली गराउन चेतावनी दिदै प्रदर्शन गरेका हुन ।

शनिबार भएको प्रदर्शनमा उनीहरुले अब देश राजाले बाहेक अरु कसैले पनि चलाउन नसक्ने दाबी गरेका छन् । ’हाम्रो राजा हाम्रो देश’ ’राजा आउ देश बचाऊ’ ’नारायणहिटी खाली गर’ ’राजतन्त्र जिन्दाबाद’ ’गणतन्त्र मुर्दाबाद’ ’हिन्दुराज्य कायम गर’ जस्ता नारा लगाउदै वीर गोर्खाली अभियानका मानिसहरु सडकमा उत्रिएका हुन्।

वीर गोर्खाली सुर्खेतका संयोजक सौगातविक्रम सिंहले संघीयताले देश धुजाधुजा भएको बताउँदै अब राजतन्त्रको विकल्प नरहेको बताए । ’राजतन्त्रको पक्षमा समर्थन जनाउँदै वीर गोर्खाली पक्षधरले वर्तमान सरकारका विरोध गरेका छौँ,’ उनले भने,‘वर्तमान सरकार र नेपालका पार्टीहरुले जन भावना र अपेक्षा अनुसार काम गर्न सकेनन । अब नेपाली जनताले सडकवाटै सरकार फालेर राजा ल्याउनु पर्ने अवस्था आयो ।’

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिबार