२०८३ वैशाख ३ , बिहीबार

प्रजिअले सुनियोजित रुपमा फसाएको आरोप



माघ २४, सुर्खेत
नेपाल मजदुर किसान पार्टी सुर्खेतले आफ्ना कार्यकर्ताहरु रिहाई भएपछि विरोध सभाको आयोजना गरेको छ । पार्टीले वर्तमानमा भैरहेका भ्रष्टाचार, पक्षपात र सबैखाले प्रतिकृयावादका विरुद्धमा विरोध जनाएको हो ।

विरोध सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य नवराज कोइरालाले पूँजीवाद व्यवस्थामा अड्डा अदालत प्रहरी सबै शासकको पक्षमा हुने भएकोले गरिब मजदुर किसानहरुको वकालत गर्ने सबैले दुख पाउने वताए । उनले समाजवादी गणतन्त्रले मात्र बहुमत मजदुर र किसानहरुको हित हुने वताए ।

नेपालका शासकहरु देश र जनताको हितमा भन्दा पनि पद र पैसाका लागि हानथाप गरिरहेकाले सरकारका सबै तह र तप्कामा दलाली भ्रष्टाचार र कमिशनतन्त्र हावी रहेको उनले वताए ।

विरोध सभामा पक्राउ पछि रिहा भएका नेमकिपा सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगीले पूरानो रिसिवीले गर्दा प्रजिअ रेग्मीले आफूहरुलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाए ।

अर्का पक्राउ परेर रिहा भएका नेमकिपाका सदस्य गणेश खड्का र सिर्जु शाहले प्रशासनले झुठो मुद्दा लगाएर ८ दिन सम्म हिरासतमा राखी अनावश्यक दुख दिएको दुखेसो पोखे ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिबार