
माघ २४, सुर्खेत
नेपाली कांग्रेसनिकट शुभेच्छुक संस्थाले सुर्खेत सहित देशभर विरोध प्रदर्शन गरेका छन् । शनिबार भएको प्रदर्शनमा उनीहरूले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेका हुन ।
नेपाली कांग्रेस सुर्खेतको पाटी कार्यालयबाट शुरुभएको मौन जुलुस बीरेन्द्रनगर बजार परिक्रमा गरि पिपलचौतारीमा पुगेर सभामा परिणत भएको हो ।
प्रदर्शनमा सहभागीहरुले मास्क र सामाजिक दूरी कायम गरेर सरकार बिरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका थिए ।
विरोधसभामा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी सहितका भातृ तथा शुभेच्छुक संस्थाका नेताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको समापनमा ट्रेड युनियन सुर्खेतका अध्यक्ष गणेशकुमार कार्कीले सरकार प्रतिगमन तिर अघि बढेको भन्दै शुभेच्छुक संस्थाहरु पनि सडकमा आउनु परेको बताए ।
उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा त्यसको संरक्षणमा लागेको आरोप लगाए ।