
सुर्खेत २५ माघ
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने जन–प्रदर्शन र आमसभालाई संवोधन गर्ने मिति अघिल्लो दिन (फाल्गुन १४) लाई सारिएको छ।
फाल्गुन १५ गते स्वस्थानी ब्रतको समाप्ति (माघ शुक्ल पूर्णिमा) को दिन भएकोले सो दिन हुने कार्यक्रमलाई परिवर्तन गरिएको हो। नेकपाको कर्णाली प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीसंगै नेकपाका अन्य वरिष्ठ नेताहरु समेत आउने तय भएको छ।
‘जनसभा हुने भनी तोकिएको मितिमा माघ शुक्ल पुर्णिमा परेकाले उक्त मिति परिवर्तन गरि अघिल्लो दिन सारिएको छ,’ नेकपा प्रदेश कमिटी सह-संयोजक कँडेलले भने।
प्रकाशित मिति : २०७७ माघ २५ गते आइतबार