२०८३ वैशाख २ , बुधबार

झाँक्रीलाई पक्राउ गर्ने तयारी



सुर्खेत २७ माघ

विवादास्पद नेकपाकी महिला नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले खोजी सुरु गरेको छ।

प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपतिलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि समेत उनले राष्ट्रपति भण्डारी माथि वारम्वार गैरराजनीतिक अभिव्यक्ति दिदै आएकी छन् ।

देशको राष्ट्रपतिप्रति अभद्र व्यवहार र गालीगलौज गरेको अभियोगमा गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले नेत्री झाँक्रीलाई आजै देखि खोज्न सुरु गरेको हो।

प्रकाशित मिति : २०७७ माघ २७ गते मंगलबार