२०८३ वैशाख २९ , मंगलबार

वीरेन्द्रगरमा भरुवा बन्दुकसहित एकजना पक्राउ



सुर्खेत । वीरेन्द्रनगरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाका ४२ वर्षीय केशव घर्ति रहेका छन् ।

उनलाई प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरी टोलीले सोमवार राति ११ः१५ बजेको समयमा पक्राउ गरेको हो । उनको साथबाट दुईनाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २३ गते मंगलबार