२०८३ वैशाख २ , बुधबार

चौकुनेमा भोली शिक्षक संगठनको अधिवेशन हुँदै



सुर्खेत ७ फागुन

नेपाल राष्ट्रिय शिक्षक संगठन चौकुने सुर्खेतको दोश्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

भोली विहान १० वजेवाट सुरु हुने अधिवेशन चौकुनेको जगन्नाथ माध्यमिक विद्यालय विजौरामा तोकिएको चौकुने संगठनका अध्यक्ष ईन्द्रप्रसाद जोशीले जानकारी दिए।

चौकुने गाउँपालिकामा एकल वर्चस्व कायम राख्दै आएको शिक्षक संगठनको अधिवेशनलाई संवोधन गर्न जिल्लावाट संगठनका अध्यक्ष रत्नवहादुर वुढा र सचिव डिलाराम भण्डारी आउने निश्चित भएको अध्यक्ष जोशीले वताए ।

चौकुनेमा ५२ वटा सामुदायिक विद्यालय रहेकोमा विषम परिस्थितिमा समेत अधिकांश विद्यालयहरु संगठनको पकडमा कायम नै रहेको अध्यक्ष जोशीले जानकारी दिए।

प्रकाशित मिति : २०७७ फागुन ७ गते शुक्रबार