२०८३ वैशाख ३ , बिहीबार

चार मृगौला वोकेर रगत चुहाउँदै हिडेको नेतालाई प्रतिगमनकारी भन्नु खेदजनक: सांसद विष्ट



सुर्खेत १९, फागुन

चारवटा मृगौला हालेर रगत चुहाउदै देश र जनताको पक्षमा रातदिन खटिरहेको एउटा कम्युनिस्ट नेतालाई प्रतिगमनकारी भन्दै अपमान र होच्याएर संवोधन गरिनु खेदजनक भएको नेकपाका केन्द्रीय सदस्य ठम्मरवहादुर विष्टले वताएका छन।

‘अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध लड्ने वेला, प्रेस संगठन नेपाल सुर्खेतद्वारा आयोजित भेलाु भन्ने मूल नाराका साथ वुधवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको भेलाको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य समेत रहेका विष्टले यति बिरामी मानिसको यो तहको खटाईवाट आफु प्रभावित भएको र केपी ओलीलाई नेता मान्न तैयार भएको वताए।

‘युद्धकालमा प्रचण्डलाई रुकुम रोल्पातिर भेट्दा भगवान् भेटे झै हुन्थ्यो। अहिले साथ छोड्दा बाबू मरेझै भएको छ। उहाँमा राजनीतिक स्खलन भएकोले साथ दिन सकिएन, ‘प्रचण्डमा राष्ट्रियतावारेको अडान कमजोर हुदै गएको संकेत गर्दै विष्टले भने। भारतलाई कम्फर्टेवल होईन, नेपाल र नेपालीलाई कम्फर्टेवल हुने सरकार आफुहरुको चाहना भएको उनले वताए।

नेपाली राजनीति कता जान्छ भन्ने अझै प्रष्ट नभएको भन्दै समकालीन नेताहरूमा केपी ओलीको हाईट निकै वढी भएकोले प्रधानमन्त्री ओलीलाई सिध्याउन लागिएको उनले वताए ।

केपी ओली नेतृत्वको सरकारले विकासका थुप्रै काम गरेको भन्दै यो अवधिमा १०/१२ वटा उत्तर दक्षिण रोड करिडोरहरु खुलेको, खानी उद्योग, फास्ट ट्रयाक, सुरुङ मार्ग निर्माण भैरहेको विष्टले दाबी गरे।

प्रतिगमन भन्ने कुरा वेकारको भएको भन्दै उनले संसदमा प्रस्ताव दर्ता गर्ने हिम्मत हुनुपर्ने वताए । देशलाई स्थायित्व दिन र राजनीतिक स्थिरतामा कायम राख्न केपी ओली सरकार ५ वर्षसम्म टिक्नु पर्ने उनको धारणा छ।

केपी ओली राष्ट्रवादी नेता भएको भन्दै यो सरकार विस्थापन भए नेपालमा सहसचिव नियुक्त गर्न भारतको आदेश कुर्नुपर्ने अवस्थाको सिर्जना हुने उनले दाबी गरे ।

कर्णाली प्रदेश सरकारले गरिरहेको कामप्रति गम्भीर असन्तुष्टि राख्दै विष्टले भने,’मुख्यमन्त्री वनाएर ३०/४० अर्व पाकेटमा हाल्नलाई हो रु डिपिआरका नाममा ३०/४० प्रतिशत खल्तीमा हाल्नलाई हो’ उनले डिपिआरको नामवाट उठाएको पैसा आसेपासेहरुलाई वाढ्ने गरिएको वताए।

आफै लुटिने र आफ्नै आमालाइ काटे जस्तो हुनेगरिको संघीयता ल्याउन जीवनमरणको लडाइँ नलडेको भन्दै दुखेसो पोखे।

कार्यक्रमका विशिष्ट अतिथि प्रेस संगठनका कर्णाली प्रदेश ईन्चार्ज वीरवहादुर गिरीले पार्टी विभाजनले प्रेस संगठनलाई समेत असर गरेको वताए । विभाजन रोक्ने उद्देश्य अनुरुप गत फाल्गुन ६ गतेको राष्ट्रिय भेला रोक्न प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाललाई आफुले अनुरोध गरेपनि भेला आयोजना गरि संगठनलाई विभाजन गरेरै छाडिएको उनले वताए।

सरकार परिवर्तन गर्न खेल सुरु भएदेखि नै देशमा अस्थिरता र अराजकता वढ्दै गएको भन्दै अवसरवादी र आत्मसमर्पणवादी गतिविधिले देश नै लज्जित वन्न पुगेका उनले वताए।

माओवादी आन्दोलन देशभक्तिपूर्ण आन्दोलन नभएको हो कि भन्ने आफुलाई शंका लागेको र यसलाई दक्षिणतिरवाट उठाउन लगाईएको आशंका पुष्टि हुँदै गएको उनले दाबी गरे।

पत्रकारहरुलाई समाजको ऐना भनेर वुझिने भन्दै उनले ऐनाले समाजलाई प्रष्ट देखाउनु पर्ने वताए । प्रेस संगठनको अर्को पक्षले पत्रकारहरुलाई लोभ लालचमा पारेको र भ्रम सिर्जना गराउदै हिडेको उनले वताए । अर्को संगठनमा लागेकाहरु फर्कने चरणमा रहेको भन्दै संगठनको प्रमुख पक्ष आफुहरुनै भएको वताए ।

कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य कुलमणि देवकोटा, भूमि सम्वन्धी समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष ऐनवहादुर चन्द, पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम, प्रेस संगठनका कर्णाली प्रदेश सहईन्चार्ज विष्णु शर्मा लगायतले संवोधन गरेका थिए।

प्रेस संगठन सुर्खेतका संयोजक दिपेन्द्र ओलीको अध्यक्षतामा भएको भेलाको संचालन उक्त संगठनका जिल्ला सह(संयोजक गोविन्द खत्रीले गरेका थिए भने स्वागत संवोधन सुर्खेत जिल्ला सह- संयोजक सीता ओलीले गरेकी थिईन।

भेलामा सुर्खेत जिल्लामा क्रियाशील ६० जना पत्रकारहरुको सहभागीता रहेको प्रेस संगठन कर्णाली प्रदेश संयोजक नरेश भण्डारीले जानकारी दिए। आजै प्रेस संगठन कर्णाली प्रदेश कमिटीको घोषणा हुन लागेको उनले वताए । करिब एक सय सदस्यीय प्रदेश कमिटी घोषणा हुने श्रोतले जानकारी दियो।

प्रकाशित मिति : २०७७ फागुन १९ गते बुधबार