२०८३ वैशाख ३ , बिहीबार

नेपालको संविधान संझौताको दस्तावेज: महामन्त्री खड्का



सुर्खेत ६, चैत्र

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नेपालको संबिधान सम्झौताको दस्तावेज भएको बताएका छन् । नेपाल मगर संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रम बोल्दै खड्काले नेपालको संबिधान बनाउन सात वर्ष लामो अभ्यासबाट बनेको बताएका हुन् ।

नेपालको संबिधान सहमतिको सम्झौताको दस्ताबेज भएको अहिले गुटको दस्तावेज बनेको महामन्त्री खड्काले बताए । ‘अस्थिर राजनीतिकलाई स्थिर राजनीतिमा बनाउनका लागि संबिधान बनेको हो ।’ उनले भने,‘एमाले र माओवादीले गुटको दस्तावेजका रुपमा ब्याख्या गरेका छन् ।’

संबिधानमा केही कुरा पूर्ण नभएको र संसोधन गर्नु पर्ने अवस्था रहेपनि अहिलेको सरकारले त्यसलाई धुजा पार्ने काम वर्तमान कम्युनिष्ट गरेको महामन्त्री खड्काले बताए । ‘मधेशी, आदीवासी, जनजाती, महिला, दलित, पिछडिएको क्षेत्रका बिषयमा केही अपुग रहेको छ ।’ उनले भने,‘संबिधान जारी गर्दा तत्कालिन नेपाली कांग्रेस, एमाले, माओवादी र मधेशी दलहरुसँग स्थानीय चुनावदेखि सबै तह चुनावसम्म सँगै जाने सहमति भएको थियो ।’

नेपाली कांग्रेसले संबिधानको मुलभूत कुरा कहिले पनि नछोडेको महामन्त्री खड्काले बताए । नेपाल अहिले अस्थिर राजनीतिक बनेको यसले लोकतन्त्र नै खतरा बढेको महामन्त्री खड्काले जानकारी दिए ।

अबको देशको निकास भनेको एक नेपाली कांग्रेस माओवादी र मधेशवादी मिलेको सरकार, अर्को एमाले र मधेशवादी दल मिलेको सरकार, अर्को एमाले, कांग्रेस, माओवादी र मधेशवादी दल मिलेर एक वर्ष भित्र निर्वाचन गर्न आवश्यक रहेको महामन्त्री खड्काले बताए । ‘त्यो नेपाली कांग्रेसका नेतृत्व सरकार बनाउन आवश्यक रहेको छ ।’ उनले भने,‘त्यस सबै तहका निर्वाचन गराउन आवश्यक रहेको छ ।’

त्यस्तै, नेताको भाग नमिल्दा पार्टीमा झगडा भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘नेताहरु गुट बनाउने तिर लागेँ ।’ उनले भने,‘पहिला जग राम्रो बनाऔं । जग बलियो भयो भने माथिका नेताहरुले गुट बनाउने काम अन्त्य हुन्छ ।’

प्रकाशित मिति : २०७७ चैत ६ गते शुक्रबार