
चैत ८, सुर्खेत
सरकारले नियमित रुपमा नविकरण गरी कर विवरण पेश गरेका होटल तथा रेष्टुरेन्टले कोभिड १९ को जोखिम कम गर्न गरिएको बन्दाबन्दीको अवधीमा भुक्तानी गर्नुपर्ने विद्युत डिमाण्ड शुल्कको शत प्रतिशत छुट दिने भएको छ ।
कोभिडका कारण वन्दावन्दीमा परेर होटल तथा रेष्टुरेन्टहरु ठूलो मर्कामा परेका थिए । त्यस्तै बन्दाबन्दी पछि २०७७ असोज १ गते देखि माघ मसान्त समेतमा त्यस्तो शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।
मन्त्रिपरिषदका निर्णयहरु सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङ्गले बन्दबन्दीको अवधिमा होटल रेष्टुरेन्टले तिर्नुपर्ने विद्युतको डिमाण्ड शुल्कमा शत प्रतिशत छुट दिने निर्णय गरेको बताए । त्यसैगरी सरकाले आर्थिक बर्ष ०७७/०७८ को लागि गहुँको न्यूनतम् समर्थन मुल्य प्रति क्वीन्टल रु ३ हजार १ सय ११ तोकेको छ ।
सरकारले जापान सरकारले उपलब्ध गराउने करिव १ अर्ब ८ करोड रुपैयाँ बरावरको सहयोग नसर्ने रोगको निदान र उपचारका लागि प्रयोग हुने स्वास्थ्य उपकरण, बस्तुगत अनुदान साहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्तै, रक्सौलदेखि काठमाडौ ब्रोड गेज रेलमार्गको निर्माण कार्य अगाडि बढाउन नेपाल सरकार र भारत सरकार बीच हुने समझदारी पत्र स्वीकृत गरी समझदारी पत्रमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिएको छ ।
सरकारले गोदाम ब्यवस्था कम्पनी लिमिटेडको अध्यक्ष पदमा विनोदकुमार जोशी र नेपाल टेलिभिजनको महाप्रवन्धक पदमा फुलमान वल तामाङलाई नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।