२०८३ वैशाख ५ , शनिबार

कर्णालीमा अक्सिजन अभाव र त्यसका बाछिटा: सुर्खेत कांग्रेसले केन्द्र सरकारको नामै लिएन

१ मन्त्री लिएर सरकारमा जान कांग्रेस अनिच्छुक


सुर्खेत २ जेठ

अक्सिजनको अभाव देखाएर प्रदेश अस्पतालले कोरोना संक्रमित विरामीहरुको भर्ना नलिने सूचनाप्रति नेपाली काँग्रेस सुर्खेतले गम्भीर असहमति जनाएको छ ।

नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै प्रदेश अस्पतालको वैशाख ३१ गते अक्सिजनको अभावमा कोभिडका नयाँ विरामीहरुलाई भर्ना लिन नसक्ने सूचनाले सरकारको गैरजिम्मेवारी र लाचारीपन देखिएको उल्लेख गरेको छ।

विज्ञप्तिमा विरामीको उपचार गर्ने आशा र भरोसाको केन्द्र अस्पताललाई स्रोत साधन सम्पन्न गराउन प्रदेश र स्थानीय सरकार, प्रशासन लगायतलाई सुझाव दिईएको छ ।

अस्पताल जस्तो अति संवेदनशील क्षेत्रले अक्सिजन वा अन्य कुनै कारण देखाएर विरामी भर्ना नलिने सूचना जारी गर्नु गैरजिम्मेवार र लाचारीपन भएको काँग्रेसको ठहर छ । कोभिडको महामारी रोकथाममा सवैले आ-आफ्नो ठाउँबाट योगदान गर्न पनि जारी गरिएको विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

शुक्रबार प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जारी गरेको विज्ञप्ति राजनीतिक अभिप्रेरित होकि भन्ने आशंका उव्जिरहेको समयमा सुर्खेत कांग्रेसले केन्द्रीय सरकारलाई कहिँकतै नछोई विज्ञप्ति जारी गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

खासगरी कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विश्वासको मत लिदा आउने ६ महिना पछि कांग्रेसका जीवनवहादुर शाहीलाई मुख्यमन्त्री पद सुम्पने र तत्काल सामाजिक विकास मन्त्रालय दिने सहमति भएको कांग्रेस निकट श्रोत वताउँछ।

तर, कांग्रेस संसदीय दलका नेता जीवनवहादुर शाही र मुख्यमन्त्री शाही विच भएको भनिएको संझौताले कांग्रेसलाई घाटा हुने कांग्रेसको अर्को पक्षले निष्कर्ष निकालेको छ। कांग्रेसवाट अहिले मन्त्रीमा एकजना जानू भन्दा एमालेसंग समिकरण गरि कम्तीमा ३ वटा मन्त्रालय लिएर सरकारमा जानू पार्टीको हितमा हुने उनीहरूको वुझाई छ। यहि अलमलले कांग्रेसको प्रदेश सरकारमा हुने सहभागीता अलमलमा परेको धेरैको वुझाई छ।

‘कांग्रेस संसदीय दलका नेता जीवनवहादुर शाही आफु र आफ्नो टिम अनि परिवारवादवाट माथि उठ्न नसकेको आफ्नै श्रीमतीलाई लोकसेवाको सदस्य वनाएवाट प्रष्ट भएन र’ कांग्रेसका एक केन्द्रीय नेताले खवरदृष्टिलाई भने,’उहाँले ६ महिना पछि उधारोमा मुख्यमन्त्री पाउने सहमति गरेर आउनु भएको छ, उधारो मानिदैन, फ्लोर क्रस भैरहेकोले फेरि फ्लोर क्रस माओवादीहरुले गरे के हुन्छ ।’

जीवनवहादुर शाही देउवा खेमाका नेता भएकोले पौडेल खेमा सकभर उनलाई मुख्यमन्त्री हुन नदिने योजनामा छ। उसको तर्क ३ मन्त्री सहित एमालेको नेतृत्वमा वन्ने सरकारमा जाने रहेको छ।

प्रकाशित मिति : २०७८ जेठ २ गते आइतबार