२०८३ वैशाख २६ , शनिबार

बाढीपीडित बस्तीमा स्वास्थ्य शिविर



सुर्खेत १६, जेठ

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ जिल्ला समिति सुर्खेतको आयोजनामा सुर्खेतको बराहताल गाउँपालिकाको गिरिघाटमा रहेको बाढीपीडित बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

आज आयोजना गरिएको शिविरमा कोरोना भाइरस, मौषमी फ्लु,रुघाखोकी, ज्वरो,आउँ, पेटको समस्या आदि रोगबाट पीडित ६८ जनाको स्वास्थ्य परिक्षण गरी सिटामोल, प्यान्टापराजोल,जिङ्क ट्याबलेट, मेट्रोनिडाजोल, भिटामिन

बि,सि,डि,क्यालसियम,डिकोल्ड,निम्स,सिप्रोफ्लाक्सासिन,अल्ट्रासिड,एन्टिएलर्जिक,एन्टिफङ्गल,एन्टिब्याक्टेरियल,साइनेक्स,जीवनजल, लगायतका विभिन्न औषधिहरु र ४५०थान मास्क, ५ लिटर सेनिटाईजर पनि निशुल्क रुपमा वितरण गरिएको थियो।

उक्त शिविरमा जनस्वास्थ्यकर्मी महासंघ सुर्खेतका फिजियो थेरापिष्ट भुमिप्रसाद उपाध्याय र अहेब आशा सहकारीले चेकजाँच गरेका थिए। वितरित औषधी तथा स्वास्थ्य सामग्रीहरु जिल्ला जनस्वास्थ्य सुर्खेत, वीरेन्द्रनगर नगरपालिका कार्यालय,औषधी व्यवसायी संघ सुर्खेत,कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट सहयोग स्वरुप प्राप्त भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०७८ जेठ १६ गते आइतबार