एक सातापछि कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

खबरदृष्टि सम्वाददाता ५ चैत्र २०८०, सोमबार ११:३१

धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेका छन् । कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए ।

गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलमा समेत सल्किएपछि सामान्य क्षति भएको थियो । सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गर्दै मर्मतसम्भार गरेको थियो ।

Next Post

माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

५ चैत्र २०८०, सोमबार ११:३१
काठमाडौँ । पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । आज रुपन्देहीको भैरहवाबाट महरा पक्राउ परेका हुन् ।  उनलाई काठमाण्डु ल्याउन लागिएको छ । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही […]
February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728