२०८३ वैशाख २५ , शुक्रबार

वीरेन्द्रनगरकाे गैरी गाउँमा अन्य पाटी रित्तियाे, सवै एमाले प्रवेश



वीरेन्द्रनगर १ काे गैरी गाउँ टाेलवाट नेपाली कांग्रेस, नेकपा माअाेवादी केन्द्र र राप्रपा नेपालका गरी १ सय ५० भन्दा वढि व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन्। सुर्खेत जिल्लाकाे गढी गाविसवाट २०४३ मा उप प्रधानपंच जितेका र २०३५ सालमा नेविसंघका जिल्ला सचिवसमेत रहेका जंगवहादुर सारु नेकपा एमाले प्रवेश गरेका छन्। राप्रपाका प्रजापति दमाई, नेकपा माअाेवादीका प्रभावशाली कार्यकर्ता रंग दमाई समेत एमाले पार्टी प्रवेश गरेका छन्।
पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान अन्तर्गत अाज( शनिबार) उक्त टाेलवाट ठूलो संख्यामा विभिन्न पार्टीका कार्यकर्ताहरु प्रवेश गरेकाे नेकपा एमाले प्रदेश कमिटी सदस्य डम्मर नेपालीले जानकारी दिए। नव प्रवेशीहरुलाई नेकपा एमालेका पाेलिटव्युराे सदस्य एवम् कर्णाली प्रदेश सह- संयोजक यमलाल कँडेलले स्वागत गरेका थिए।
पार्टी प्रवेश कार्यक्रमलाई संवाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कँडेलले एमाले पार्टी प्रती अाकर्षण वढिरहेकाे र अागामी निर्वाचनमा अाफ्ना पार्टीले सवै निर्वाचनहरु जित्ने ठाेकुवा गरे।
जनतालाई छाेडेर प्रचण्ड र माधव नेपाल कांग्रेसकाे पाउ माेल्न पुगेको अाराेप लगाउदै उनीहरूमा कम्युनिस्ट अाचरण र व्यवहार कुनैपनि नदेखिएकाे वताए। उनलेे देशभरका सवै भूमिहीन सुकुम्बासीहरुले जग्गा पाउने दिन नजिकिँदै गर्दा सरकार ढालिएकाे वताए। अाउने निर्वाचन पछि एमाले सत्तामा वहुमतमा साथ अाउने ठाेकुवा गर्दै सत्तामा अाएकाे केही महिना भित्रै देशभरकाे सुकुम्बासी समस्या समाधान गर्ने उनलेे दाबी गरे।

उनलेे केपी शर्मा अाेलीले लिएको राष्ट्रवादी नीतिका कारण देशका युवादेखि वृद्धसम्मका लागि एमाले पार्टी राेजाई वन्न पुगेको खुलासा गरे। एमाले पार्टीले लिएको नीति र विचारका कारण एमाले पार्टी देशकै १ नंवर पार्टी वनेकाे र अागामी निर्वाचनमा एकल वहुमत ल्याउने उनलेे दावी गरे।
नेकपा एमाले सुर्खेतका उपाध्यक्ष एवम् कर्णाली प्रदेश सदस्य अमृतकुमार विसीले अहिले एमाले भित्र अभुतपूर्व एकता कायम भएको र एमालेकाे प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेस अाफ्नै भित्र अाफ्नै पार्टीका कार्यकर्ताहरु विच जिन्दावाद र मुर्दावादकाे नारा लागेकाे वताए।

गत स्थानीय तहको निर्वाचनमा वडामा जितेकाे नेकपा एमालेले पछिल्लो समयमा संगठन सुदृढीकरण गर्दै विभित्र पार्टीवाट ३ सय भन्दा वढि कार्यकर्ता एमाले भित्र्याईसकेकाे वीरेन्द्रनगर १ का वडा अध्यक्ष गंगाराम सुनारले जानकारी दिए। एमालेवाट फुटेर गएकाे समाजवादी पार्टीमा १ जना पार्टी सदस्य पनि नगएको उनले दाबी गरे।

एमाले वडा कमिटी अध्यक्ष हरिप्रसाद पाैडेलकाे अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य गंगाराम तिमिल्सिना लगायतका नेताहरुकाे उपस्थिति रहेको थियाे।

प्रकाशित मिति : २०७८ मंसिर ४ गते शनिबार