कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्डोल लामा (कार्चेन लामा) अयोग्य भएको भन्दै साेमवार रिट दायर गरिएको छ।
फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको हो ।
रिटमा प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको छ । मध्यपश्चिम विश्वविद्यालयकी कानुन संकायकी विद्यार्थी विनिता बाेगटीले दर्ता गरेको रिटमा उनको मन्त्री पद खारेजीको माग गरिएको छ ।
नेकपा माओवादी हुम्लाका नेतासमेत रहेका कार्चेनलाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।