२०८३ वैशाख ४ , शुक्रबार

कमेरो माटो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु, एक घाइते



हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिका–३ मा दशैंको तयारीमा घर पोत्नका लागि सेतो कमेरो खन्न गएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक २४ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् ।

उनीहरू सियाणी खोलामा बुधवार बिहान कमेरो खन्न गएका थिए । माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ठूलो ढिस्कोले पुरीएर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए ।

उनीहरूसँगै गएका २६ वर्षीय लालबहादुर शाही भने घाइते भएका छन् । मृतकका शवहरू हाल पालिकामा राखिएको र सिमकोटबाट चिकित्सकको टोली पोस्टमार्टमका लागि ताँजाकोटतर्फ प्रस्थान गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधबार