वरिष्ठ सञ्चारकर्मी अधिकारी प्रेस काउन्सिल सदस्य नियुक्त

खबरदृष्टि सम्वाददाता १३ कार्तिक २०८१, मंगलवार १९:११

काठमाडौं । वरिष्ठ पत्रकार विजयराज अधिकारी र केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको कात्तिक ९ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारी र लामिछाने सदस्य नियुक्त भएका हुन् । अधिकारी र लामिछानेले मंगलवार पद तथा गोपनियताको सपथ सहित जिम्मेवारी सम्हालेका छन् ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ बमोजिम काउन्सिलमा १ जना अध्यक्ष र ९ जना सदस्य हुन्छन् । नेपाल सरकारले ४ वर्षका लागि नियुक्त गर्नसक्ने अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यववस्था छ । नेपाल पत्रकार महासंघको अध्यक्ष पदेन–सदस्य, सूचना विभागका महानिर्देशक सदस्य–सचिव रहने गरी काउन्सिलको गठन हुन्छ ।

प्रेस काउन्सिल पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षणका साथै नेपाल सरकार र सञ्चार माध्यमकाबीच पुलको रूपमा काम गर्ने जिम्मेवारी भएको संस्था हो ।

Next Post

प्रचण्ड, जनार्दन र वर्षमानसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

१३ कार्तिक २०८१, मंगलवार १९:११
काठमाडौं । माओवादी लडाकू शिविरमा भएको घोटाला’ bout छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ । युवराज पौडेल ‘सफल’ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन् । त्यस्तै उजुरी पर्नेमा सन्तु दराई, सुक बहादुर […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031