अस्पतालमा बिरामी कुर्न बसेका युवक मृत फेला

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २४ माघ २०८१, बिहीबार १०:२५

कैलाली । कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक युवक मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका– ६ सिसैयाका २५ वर्षीय रविन्द्र राना आज बिहान साढे २ बजे मृत फेला परेको हुन्

। मृतक राना आफ्नो बिरामी भतिजाको कुरुवाका रूपमा अस्पतालमा बसेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार राना राति करिब २ बजेतिर शौचालय गएको लामो समयसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका जानकारी दिएका थिए । हाल मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा अमृत कुमार बुढाथोकी

२४ माघ २०८१, बिहीबार १०:२५
सुर्खेत । राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा सल्यानको अध्यक्षमा अमृत कुमार बुढाथोकी चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा प्रसिद्ध डाँगी, समावेशी उपाध्यक्षमा अभिलाषा सिंह, सचिवमा कुल बहादुर रेउले, खुल्ला सह–सचिवमा कमल धिताल, समावेशी सह–सचिवमा प्रदीप पुन, कोषाध्यक्षमा […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930