एमयूको पदाधिकारी पूर्तिको विज्ञापन दुई दिनमै स्थगित

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २५ बैशाख २०८२, बिहीबार १३:५४

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले डीन, डाइरेक्टर लगायतका पदाधिकारीहरूको आवश्यक्ता पूर्तिका लागि वैशाख २३ गते प्रकाशित गरेको विज्ञापन दुई दिनमै स्थगित गरिएको छ । कार्यकारी परिषद्को निर्णयअनुसार वैशाख २५ गते उक्त विज्ञापन स्थगित गरिएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले सूचना प्रकाशित गर्दै कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् । विज्ञापन प्रकाशनपछि नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विश्वविद्यालयको ऐन, नियमविपरीत भएको भन्दै तीव्र आपत्ति जनाएको थियो ।

प्राध्यापक संगठनले सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर भागबण्डाको उद्देश्यले विज्ञापन सार्वजनिक गरिएको आरोप लगाएको थियो । साथै सो संगठनले सत्तापक्ष एमाले र कांग्रेसले मिलेर भागबण्डा गर्ने उद्देश्यले उक्त विज्ञापन प्रकाशित गरेकोले बदर गर्न अल्टिमेटम दिएको थियो ।

Next Post

सरकारले तजविजको आधारमा योजना बाँड्दैन : मुख्यमन्त्री कँडेल

२५ बैशाख २०८२, बिहीबार १३:५४
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले तजविजिका आधारमा योजना बाँडने काम बन्द गरेको बताएका छन् । आज (बिहीवार) वीरेन्द्रगरमा आयोजित प्रदेश समन्वय परिषद् बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारले तजविजीको आधारमा बजेट बाँडने काम क्रमशः रोक्न र त्यसले बजेट वितरण प्रणाली समेत व्यवस्थित हुने बताए । बजेट पारित […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031