
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–८ डाँडाखालीका एक दृष्टिविहीन युवक भेरी नदीमा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा अन्दाजी २४ वर्षीय तीर्थ बहादुर मल्ल रहेका छन्। इलाका प्रहरी कार्यालय बाँदेपिपलका अनुसार मल्ल शनिवार दिउँसो ३:५० बजे सिम्ता–६ घाटचौरस्थित भेरीनदीमा नुहाउने क्रममा बगेका हुन्।
उनीसँगै अर्का दृष्टिविहीन योगेन्द्र शाही पनि नदीमा नुहाउन गएका थिए। शाही भने सकुशल रहेका छन्। ‘हामी दुई भाइ नुहाउने भनेर नदीमा गएका थियौं,’ शाहीले भने, ‘म कपडा खोल्न नपाउँदै भाइ बगिहाले कता बग्यो मलाई थाहा भएन ।,’
घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल खोजीकार्य थालेको भए पनि अहिलेसम्म मल्ल फेला परेका छैनन्। प्रहरीका अनुसार उनको खोजी कार्य जारी रहेको छ।
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार