२०८२ मंसिर २० , शनिबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रोकाया नियुक्त



सुर्खेत । निकै लामो प्रतीक्षापछि चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार पाटन, पोखरा, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा विक्रमप्रसाद श्रेष्ठ उपकुलपति बनेका छन्।

उनी नेपाली कांग्रेसको कोटाबाट उपकुलपति बनेका हुन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेलले उपकुलपतिको जिम्मेवारी पाएका हुन्। पौडेल पाटनमा चलेका चिकित्सक हुन्। उनी एमाले ओली निकट मानिन्छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भरतबहादुर खत्री नियुक्त भएका छन्।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.पुजनकुमार रोकायाले उपकुलपतिको जिम्मेवारी पाएका छन्। उनी हाडजोर्नी विशेषज्ञ हुन् । जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन् । बीपी र कर्णाली कांग्रेस, पाटन र पोखरा एमालेको भागमा परेका थिए।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार