२०८३ वैशाख ४ , शुक्रबार

थालारैकरमा तरुण दलको नयाँ कार्यसमिति गठन, अध्यक्षमा मदन सिंह



जाजरकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल शिवालय गाउँपालिका–५ थालारैकरको वडा कार्यसमिति गठन भएको छ । शुक्रवार नेपाली कांग्रेस वडा सभापति शेरबहादुर खत्रीको अध्यक्षता र नेपाली कांग्रेस गाउँपालिका कार्यसमिति सचिव कृष्णबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले मदन सिंह ठकुरीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा प्रकाश परियार, सचिवमा राजेन्द्र सिंह चयन भएका छन् । यस्तै सदस्यमा सीता सिंह (शाही), बिपिन परियार, हेमन्त खत्री, बिरेन्द्र सार्की, राजु परियार र भिम बहादुर दमाई निर्वाचित भएकाे पार्टी सचिव शाहीले जानकारी दिए । भेलामा नवनिर्वाचित अध्यक्ष ठकुरीले संगठनलाई सशक्त बनाउन तथा युवालाई पार्टीप्रति आस्था बढाउने दिशामा सक्रिय रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार