२०८३ वैशाख ४ , शुक्रबार

एमाले कर्णालीको लेखा परीक्षण प्रतिवेदन पारित



सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको सचिवालयको सातौँ बैठकले गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । बिहीबार वीरेन्द्रनगरमा बसेको सचिवालयको बैठकले सो प्रतिवेदन पारित गर्नुका साथै अन्तिम लेखा परीक्षणका लागि केन्द्रीय लेखा आयोगसमक्ष पठाउने निर्णय गरेको हो ।

साथै बैठकमा आसन्न विधान महाधिवेशनमा मातहतका कमिटीले दिएका सुझावलाई मनन गर्दै केन्द्रीय पदाधिकारीमध्ये कर्णाली प्रदेशबाट कम्तीमा एउटा पद सुनिश्चित हुने गरी छलफल अघि बढाउने विषयमा नेताहरूले धारणा राखेका थिए । यसअघि सम्पन्न प्रदेश कमिटीको बैठकले पार्टी विधानमै केन्द्रीय पदाधिकारीमा कर्णालीको प्रतिनिधित्व अनिवार्य उल्लेख गर्ने प्रयत्न गर्न सुझाव दिएको थियो ।

प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका काम कारबाहीबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार