२०८२ मंसिर २० , शनिबार

मंसिर १८ गते पूर्णिमा मेला परेको भन्दै नेकपा कर्णालीको एकता सन्देश सभा सारियो




सुर्खेत।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समितिद्वारा आउँदो मंसिर १८ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागेको एकता सन्देश सभा सारिएको छ।

एकता सन्देश सभा मूल व्यवस्थापन समितिका संयोजक कालि बहादुर मल्लका अनुसार केन्द्रिय नेतृत्वको कार्यव्यस्तता तथा सोही दिन कर्णाली प्रदेशभर मनाइने परम्परागत पूर्णिमा मेला र विभिन्न सांस्कृतिक कार्यक्रमहरूका कारण सभा सारिएको हो।

अब स्थगित गरिएको सो कार्यक्रम मंसिर २७ गते शनिबार वीरेन्द्रनगरकै पहिल्यै तय गरिएको स्थानमा आयोजित हुने संयोजक मल्लले जानकारी दिए।

प्रकाशित मिति : २०८२ मंसिर १४ गते आइतबार