२०८३ वैशाख ३ , बिहीबार

भेरीगंगा नगरपालिकाद्वारा सडक भित्रका अवैध संरचना हटाउन सात दिने अल्टिमेटम



सुर्खेत । भेरीगंगा नगरपालिकाले सडक क्षेत्राधिकारभित्र रहेका अवैध संरचना हटाउन सात दिनको अल्टिमेटम दिएको छ।इलाका प्रहरी कार्यालयदेखि पिपल चौतारा हुँदै छिन्चु खोलाको पुलसम्मको सडक खण्डमा अवैधानिक रूपमा बनाइएका संरचना हटाउन अल्टिमेटम दिएको हो।

निजी स्वार्थमा सडकभित्रै संरचना निर्माण, व्यवसायिक गतिविधि सञ्चालन र सडक क्षेत्र अतिक्रमणजस्ता कार्यले सर्वसाधारणको आवतजावतमा प्रत्यक्ष असर पर्न थालेको भन्दै संरचना हटाउन सात दिनको समय दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर ठाडाले बताए।

सडक संकुचित हुन थालेपछि दुर्घटनाको जोखिम समेत बढेको उनको भनाइ छ। ‘आज मितिदेखि सात दिनभित्र सडक क्षेत्रभित्र पर्ने सम्पूर्ण अवैधानिक संरचना स्वेच्छाले हटाउन अनुरोध गरिन्छ। सडकमा असर पर्ने कुनै पनि गतिविधि नगर्न/नगराउन ध्यानाकर्षण गरिन्छ। तोकिएको समयसीमा उल्लंघन भएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।’ नगरपालिकाले बुधवार जारी गरेको सुचनामा भनिएको छ।,’

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार