२०८३ वैशाख ३ , बिहीबार

चौरजहारी विमानस्थल नजिकै शंकास्पद वस्तु फेला



सुर्खेत । चौरजहारी नगरपालिका–१ स्थित विमानस्थल नजिकै शंकास्पद विस्फोटक पदार्थ (बम) फेला परेको छ। शुक्रबार बेलुका स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउन्डमा तारजाली लगाउन जग खन्ने क्रममा बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो। इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक अजय डाङ्गीले घटनास्थलमा शंकास्पद वस्तु फेला परेको पुष्टि गरेका छन्।

निरीक्षक डाङ्गीका अनुसार उक्त वस्तु बम नै हो भन्ने यकिन भइसकेको छैन। ‘म यही घटनास्थलमै छु। बम नै हो भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन, तर शंकास्पद वस्तु जस्तो देखिएको छ,’ उनले भने। उनका अनुसार सो वस्तु सुरक्षित रूपमा डिस्पोजल गर्न जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइसकिएको छ। जिल्ला प्रहरी कार्यालयले नेपाली सेनासँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाइरहेको प्रहरी निरीक्षक डाङ्गीले बताए।

प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार